काठमाडौं । सोमबार नेप्से परिसूचक २०.६८ अंकले घटेर २७५१.४२ विन्दुमा बन्द भएको छ । आइतबार नेप्से ४६.३३ अंकले घटेको थियो ।
यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये ‘अन्य’ ०.०८ प्रतिशतले वृद्धि भएको छ । अरू समूहगत परिसूचक घटेको छ ।
आठ अर्ब ३७ करोड ८० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । ४४ कम्पनीको सेयर मूल्य बढेको छ । १९१ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।