काठमाडौं । नेप्से आज झिनो अंकले वृद्धि भएको छ। यसअघि चार दिनसम्म नेप्सेमा गिरावट आएको थियो।
आज कारोबार रकमसमेत झिनो मात्रामा बढेको छ। बुधबार ७ अर्ब ५७ करोड कारोबार भए पनि आज ७ अर्ब ८७ करोड बराबरको सेयर कारोबार भएको हो।
यसैबीच, दुई कम्पनीहरू आज नेपाल माइक्रो इन्स्युरेन्स कम्पनी लिमिटेड र क्रेट माइक्रो लाइफ इन्स्युरेन्स कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ।
यसैबीच आज जम्मा ८३ वटा कम्पनीको सेयर मूल्य सकारात्मक हुँदा १६१ कम्पनीको मूल्यमा गिरावट आएको छ। एक कम्पनीको मूल्य स्थिर रहेको छ।