जसपा प्रदेश समिति पुनर्गठनप्रति शिल्पी/दलित विशेष समितिको आपत्ति

न्युजलय ९ असोज २०८०, मङ्गलबार ०१:३२ मा प्रकाशित

इटहरी । जनता समाजवादी पार्टी नेपाल १ नं. प्रदेश समिति पुनर्गठनप्रति शिल्पी/दलित विशेष समितिले आपत्ति जनाएको छ । 

शिल्पी/दलित विशेष समितिले सोमबार एक विज्ञप्ति सार्वजनिक गर्दै जसपा १ नं. प्रदेश समिति पुनर्गठन प्रकृया पार्टीको विधान विपरित रहेको भन्दै आपत्ति जनाएको हो । 

जारी विज्ञप्तिमा समाजवादी दलित मुक्ति संगठन केन्द्रीय समिति सह संयोजक तथा प्रदेश १ सचिव शान्त बहादुर घताल, शिल्पी/दलित विशेष राष्ट्रिय समिति मुख्य सचिव नरेश विश्वकर्मा, समाजवादी दलित मुक्ति संगठन १ नं. प्रदेश अध्यक्ष बालकुमार मुदेल र शिल्पी विशेष समिति प्रदेश १ का सचिव शशी कुमार विश्वकर्माले संयुक्त रुपमा हस्ताक्षर गर्दै गत फाल्गुन १६ गते गठित प्रदेश कमिटीका सचिव शान्त बहादुर घताल लगायत अधिकांश पदाधिकारी, सदस्य तथा जिम्मेवार व्यक्तिहरुलाई पाखा लगाउँदै बिना सुचना पुनर्गठन गरिएको भन्दै असहमति जनाएका हुन् । 

पुनर्गठन प्रकृया समानुपातिक, समावेशिताको सिद्धान्त विपरित, स्वेच्छाचारी एवम् अलोकतान्त्रिक र पार्टी हित विपरित भएको, पार्टीलाई अत्यान्तै साँघुरो घेरामा राखेर निश्चित जातिगत संरचना भन्दा बाहिर जान नसकेको कारण पार्टी प्रति जनतामा विकर्षण बढेको जारी विज्ञप्तिमा उल्लेख छ । उक्त पुनर्गठन प्रकृया सच्याइएन भने परिस्थितिले अर्कै मोड लिने चेतावनी समेत दिएका छन् । 

नयाँ विधान अनुरुप जनता समाजवादी पार्टी, नेपाल (जसपा) को १ नम्बर प्रदेश समितिको पुनर्गठन शनिबार पार्टी कार्यलय इटहरमा सम्पन्न भएको हो ।

नवगठित प्रदेश समितिको अध्यक्षमा दिपक याक्खा सर्वसम्मत चुनिएका छ्न् । ५१ जना सदस्य रहेको प्रदेश समितिका मुख्य सचीवमा घनश्याम कटुवाल निर्वाचित भएका छन् । समितिका उपा(ध्यक्षमा प्रेम वोनेम, दिपेश राई र सबिता यादव रहेका छन् भने सचीवमा हस्तशोभा राई, अनिल ठाकुर र घनराज लिम्बू निर्वाचित भएका छ्न् । त्यस्तै समितिका कोष अध्यक्षको रूपमा केशरमान गुरुङ रहेसंगै नौ जना पदाधिकारी निर्वाचित भएका छ्न् ।

समिति पुनर्गठन संगै सदस्य हरु मध्येबाट तिन वाटा निकाय प्रमुख समेत तोकिएको छ । जसमा निर्वाचान अयोग प्रमुखमा बिनोद नेम्बाङ, लेखा परिक्षण आयोगमा केवलराम राई र अनुशासन अयोगको प्रमुखमा नवीन राईलाई जिम्मेवारी प्रदान गरिएको छ । त्यस्तै अन्य निकायको प्रमुख र विभागीय जिम्मेवारीहरु चाडै समितिको बैठक बसि टुंगो लगाइने बताइएको छ । 

कार्यक्रममा प्रमुख अतिथी केन्द्रिय कार्यकारीणि सदस्य तथा प्रदेश १ का इन्चार्ज रकम चेम्जोङ रहेका थिए भने समिति पुनर्गठनमा समेत उनले सहजीकरण गरेका थिए । त्यस्तै कार्यक्रममा अर्का केन्द्रिय कार्यकारिणी सदस्य तथा प्रदेश सह–इन्चार्ज पर्शुराम वस्नेत, राष्ट्रिय समितिका अध्यक्षहरु लगायत नेताहरुको उपस्थिती रहेको थियो ।