काठमाडौँ बन्यो विश्वकै दोस्रो प्रदूषित सहर

न्युजलय २६ फाल्गुण २०८२, मङ्गलबार ०१:३२ मा प्रकाशित

काठमाडौँ । काठमाडौँमा पछिल्ला दिनमा वायु प्रदूषण बढेको देखिएको छ । काठमाडौँ विश्वकै वायु प्रदूषण धेरै भएका सहरहरूको सूचीमा दोस्रो स्थानमा छ ।

पछिल्लो समयमा काठमाडौँ उपत्यकासहित विभिन्न सहरी क्षेत्रमा वायु प्रदूषण खराब स्तरमा पुगेको छ । वातावरण विभागका अनुसार काठमाडौँको प्रदूषण निकै अस्वस्थकर तहमा रहेको छ । वातावरण धुम्म रहने, हावाको बहाव राम्रोसँग नचल्दा प्रदूषित हावा बाहिरिन पाएको छैन । पछिल्लो एक सातादेखि उपत्यकाको वायु प्रदूषण बढेको देखिन्छ ।

मंगलबार १ बजेको मापन अनुसार काठमाडौँको वायुको गुणस्तर मापदण्ड अर्थात् एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १९५ छ । जनस्वास्थ्यका निम्ति यो ‘अति अस्वस्थकर’ हो । यस्तै उपत्यकामा सबैभन्दा बढी प्रदूषण लाजिम्पाट क्षेत्रमा देखिएको छ ।