दुई समुहबिचको झडपपछि वीरगन्जमा कर्फ्यु

न्युजलय ३० चैत २०८१, आइतबार ०२:२१ मा प्रकाशित

वीरगन्ज । हनुमान जयन्तीको शोभायात्राका क्रममा ढुंगामुढा भएपछि वीरगञ्जमा झडप भएको छ । झडप नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु लगाएको छ ।


पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार आइतबार विहान १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो।


झडपका क्रममा प्रहरीसहित करीब एक दर्जन मानिस घाइते भएका छन् । यस्तै दर्जनौं सवारीसाधनमा तोडफोड गरिएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जन बढी अश्रुग्यास प्रहार गरेको छ ।