एमाले लेटाङका दुई वडामा महिला अध्यक्ष

न्युजलय ७ कार्तिक २०७८, आइतबार १२:१२ मा प्रकाशित

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी एमालेले देशभरि एकैसाथ करिब छ हजार वडा कमिटीको अधिवेशन सम्पन्न गरेको छ । 

मोरङ जिल्लाका विराटनगर लगायतका अन्य पालिकाहरुमा स्तरिय अधिवेशन सम्पन्न गरि नया नेतृत्व चयन गरिएको छ । यसैगरी लेटाङ नगरपालिकाको ९  वटा वडा मध्ये ८ वटा वडाहरुमामा अधिवेशन सम्पन्न गरिको छ । 

वडा नम्बर १ मा भने अविरल वर्षाका कारण सडक अवरुद्ध हुदा अधिवेशन हुन सकेन ।  सबै वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । वडा नम्बर २ र ३ मा भने अध्यक्षमा महिलाह सर्वसम्मत चयन भएको नेकपा एमाले लेटाङ नगर कमिटीले जनाएको छ । 

सर्वसम्मत चयन भएका नेतृत्वलाई संघीय सांसद घनश्याम खतिवडा लगायत पार्टीका नेताहरुले बधाई तथा शुभकामना व्यक्त गरे ।