कोरोना नियन्त्रण गर्न विश्व बैंकबाट दुई अर्ब १४ करोड ऋण लिने सरकारको निर्णय

न्युजलय ८ फाल्गुण २०७८, आइतबार १२:३६ मा प्रकाशित

काठमाडौँ । सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि विश्व बैंकबाट दुई अर्ब १४ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।


मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले कोरोनाभाइरस नियन्त्रण तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारीका लागि विश्व बैंकबाट प्राप्त हुने दुई अर्ब १४ करोड ऋण सहायता स्वीकार्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।