काठमाडौं । शेयर बजारको इतिहासमा नै आज सबैभन्दा बढी कारोबार भएको छ। २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।
आज परिसूचक नेप्से ६४.२५ अंकले वृद्धि भएर २७६०.९० अंक पुगेको छ। आज १९१ वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ। भने, ४४ वटा कम्पनीको शेयर मूल्य घटेको छ।
आज ५ करोड ९ लाख ६७ हजार ९८१ कित्ता शेयर करोबार भएको छ।