काठमाडौँ । शेयर बजारमा बुधबार हरियाली छाएको छ । यस दिन बजारमापक परिसूचक नेप्से २५.३१ अंक बढेर २७०१.४८ को बिन्दुमा पुगेको छ ।
यस दिन कारोबारमा आएका १ सय ६६ कम्पनीको शेयरमूल्य बढेको छ भने ७८ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
आज ५ अर्ब ४४ करोड ४४ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।