एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै चितवन

न्युजलय १७ मङ्सिर २०८२, मङ्गलबार ११:५७ मा प्रकाशित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दैछन्।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा चितवनले टस जितेर ब्याटिङ रोजेको छ ।

लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुर यो खेल पनि पराजित भएमा जनकपुर बाहिरिने छ । चार खेलबाट दुई खेल जितेको चितवन भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ ।

आज अपरान्ह ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।