२३.७६ अंकले बढ्यो नेप्से

न्युजलय १६ कार्तिक २०७८, मङ्गलबार ०९:११ मा प्रकाशित

काठमाडौँ । मंगलबार(आज)  सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

अघिल्लो दिन करिब १८ अंकले घटेको नेप्से मंगलबार २३.७६ अंकले बढेको हो । 

यो वृद्धिसँगै नेप्से २ हजार ८ सय ४३.६२ विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा यो ०.८४ प्रतिशतले बढी हो ।

मंगलबार करिब ६० हजार कारोबारबाट २ सय ३० वटा कम्पनीका ९९ लाख ७७ हजार ४ सय ८३ कित्ता सेयर किनबेच भए । ती कारोबारबाट ६ अर्ब ७ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका थिए ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो ।