आजको सुनचाँदीको मूल्य

न्युजलय २७ मङ्सिर २०७८, सोमबार ११:४३ मा प्रकाशित

 काठमाडौं । सोमबार(आज) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । 

आइतबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार पनि सोहि मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ ।

आइतबार १ हजार १८५ रुपैयाँमा कारोबार भएको चाँदी आज  पनि सोहि मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।