अरिङ्गालले टोकेर युवकको मृत्यु

न्युजलय १३ भदौ २०८०, बुधबार १२:३२ मा प्रकाशित

काठमाडौँ । स्याङ्जाको बिरुवा गाउँपालिका–९ मा अरिङ्गालले टोक्दा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बिरुवा गाउँपालिका वडा नम्बर–९ किचनास बस्ने २८ वर्षीय चेलिस श्रेष्ठ छन् । 

अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेपछि उनलाई उपचार गर्न पोखरा स्थित गण्डकी मेडिकल कलेजमा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । 

भदौ १२ मा साँझ अरिङ्गाल पोल्ने क्रममा उनलाई अरिङ्गालले टोकेको थियो ।