विराटनगर । कोशी प्रदेशमा पहिलो पटक आयोजना हुन लागेको प्रदेश लगानी सम्मेलन २०८१ का सम्पूर्ण तयारीहरू पूरा भएको छ ।
वैशाख १८ र १९ गते विराटनगरमा हुने सम्मेलनमा लगानी सम्मेलनमा ५४ वटा परियोजनाहरू शोकेसमा राखिएकोमा अहिले बढेर ७१ वटा परियोजनाहरू पुगेको र करिब १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ बराबरको लगानी बारे छलफल हुने जानकारी दिइएको छ ।
बुधबार विराटनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले सम्मेलन प्रदेशको समृद्धिको महत्त्वपूर्ण आधार बन्ने बताए ।
सम्मेलनमा पर्यटन, कृषि, उद्योग, ऊर्जा, पूर्वाधार, सूचना प्रविधि लगायतका विविध क्षेत्रका परियोजनाहरू समावेश गरिएका छन् ।