थपिए ४ सय ८ जना कोरोना संक्रमित, ८ जनाको मृत्यु

न्युजलय १४ कार्तिक २०७८, आइतबार ०४:१३ मा प्रकाशित

काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशभर ४ सय ८ जना कोरोना संक्रमित थपिएका छन् । ७ हजार ८९९ वटा नमूनाको परीक्षण गर्दा ४०८ जनामा संक्रमण पुष्टि भएको हो । 

पछिल्लो चौबीस घण्टामा ८ जनाको मृत्यु पुष्टि भएको छ, योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४०७ पुगेकोे छ । 

त्यस्तै आज ५१८  जना संक्रमणमुक्त भएका छन्, योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ३७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।