धरान । मंगलबार ( आज) परेको अबिरल बर्षाका कारण धरानमा घर पुरिदा दुई जना बालबालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धरान –१३ नागेश्वर मार्ग बस्ने निसान राईको छोरी ८ बर्षीया निसु राई र छोरा ४ बर्षीय निहान राई रहेका छन् ।
आज दिउसो घरमाथीबाट पहिरो झरी उनको १ तले टिनको छाना भएको घर पुरिदा सो घर भित्र रहेका दुई जना बालबालिका पुरिएका थिए ।
घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय धरानबाट उद्धारको लागी प्रहरी टोली खटि गएको थियो । उद्धारमा खटिएको प्रहरी टोलीले दिउसो साढे ३ बजे उनीहरुलाई मृत अबस्थामा फेला पारेको हो । घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।