भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि

न्युजलय २० असार २०८०, बुधबार १२:०४ मा प्रकाशित

काठमाडौँ । १४औँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । घरेलु टोली भारतले मंगलबार राति खेलिएको फाइनलमा कुवेतलाई पेनाल्टी सुटआउटमा ५—४ गोलले हराउँदै उपाधि चुमेको हो । 

निर्धारित र थप गरिएको समयको खेल १—१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । अन्ततः पेनाल्टी सुटआउटमा भारतले बाजी मार्‍यो । 

भारतले नवौं पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।