नेप्से ११.२९ अंकले घट्यो

न्युजलय २१ कार्तिक २०८२, बिहिबार ०३:३१ मा प्रकाशित

काठमाडौं । नेप्से परिसूचक ११.२९ अंक घटेर बन्द भएको छ । 

आज कारोबार रकम बढेको छ । पाँच अर्ब ४१ करोड ६९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । बुधबार चार अर्ब ६८ करोड १९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

आज ७७ कम्पनीको सेयरमूल्य बढेको छ । १६५ कम्पनीको सेयरमूल्य घटेको छ । नौ कम्पनीको सेयरमूल्य स्थिर छ ।