भैरहवा । भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आजको खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई २८५ रनको लक्ष्य दिएको छ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ्ग रोजेको मधेशले निर्धारित ५० ओभर पुरा खेल्दै ६ विकेटको क्षतिमा २८४ रन बनाएको हो। ओपनर अनिल साहले ७५ बलमा १० चौकासहित ७५ रन बनाए।
बलिङ्गमा कोशी प्रदेशका प्रकाश कार्की र विपिन महतोले समान २–२ विकेट र फिरदोस अन्सारी तथा दिपेश कँडेलले १ विकेट लिए।