ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका सांसद मनाङे पक्राउ

न्युजलय २७ कार्तिक २०८१, मङ्गलबार ०५:२४ मा प्रकाशित

काठमाडौं । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन्। 

मनाङबाट स्वतन्त्र प्रदेशसभा सदस्य निर्वाचित भएका मनाङेलाई प्रहरीले मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो। उनलाई केन्द्रीय अनुसन्धान ब्युरोमा ल्याइँदैछ।

२०६१ सालमा मिलन गुरुङ (चक्रे)माथि खुकुरी प्रहार भएको मुद्दामा गुरुङलाई अदालतले दोषी ठहर गरेको थियो। पुनरावेदन अदालत पाटनले २०६९ सालमा मनाङ्गेलाई कर्तव्य ज्यान मुद्दा अन्तर्गत पाँच वर्षको सजाय सुनाएको थियो।

सोहि सर्वोच्च अदालतले मंगलबार मनाङेलाई ५ वर्ष कैदको फैसलासमेत सुनाएको छ।