काठमाडौँ । बुधबार सुनचाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको हो।
महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य तोलामा ३ लाख २ हजार ३ सय रुपैयाँ तोकेको छ।
त्यस्तै चाँदी तोलामा ४० रुपैयाँ बढेर ४ हजार ८ सय १५ रुपैयाँ कायम भएको छ।