काठमाडौँ । बुधबार सेयर बजारको परिसूचक नेप्से ४०.६८ अंकले बढेको छ ।
सो अंकको वृद्धिपछि परिसूचक २५६८ अंकमा पुगेको छ । कुल २ अर्ब २५ करोडको कारोबार भयो । हिजो १ अर्ब ७५ करोडको भएको थियो ।
१७८ कम्पनीको मूल्य बढ्यो भने १३ को घट्यो, ४ को स्थिर रह्यो । सबै उपसमूह बढेका छन् । बैंकिङ ३, विकास बैंक १४४, फाइनान्स ६६, होटल तथा पर्यटन ७७, जलविद्युत ७३, लगानी २, जीवन बीमा २११, उत्पादन ८७, लघुवित्त ७१, निर्जीवन बीमा १९१, अन्य ८२ र ब्यापार उपसमूह ९ अंकले बढे ।