२०७८ पौष १५ गते बिहिबारको राशिफल

न्युजलय १५ पुस २०७८, बिहिबार ०१:०६ मा प्रकाशित

मेष । आँटेको र ताकेको कार्य पुरा होला । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

 

वृष । आज मान प्रतिष्ठामा वृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । कुनै समाचारले मनमा शान्ति छाउनेछ । नयाँ कामको थालनी पनि होला ।

 

मिथुन । विशिष्‍ट व्यक्तिको साथ पाइनेछ । सांस्कृतिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । खानपिनको कारोबार सफल नै हुनेछ ।

 

कर्कट । आज निर्णायक क्षमतामा कमी आउनेछ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला ।

 

सिंह । आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दैनिक कार्यमा प्रगति हुँदै जानेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । शुभ समाचार सुन्न पनि पाइएला ।

 

कन्या । आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पढाइ लेखाइमा प्रगति पनि हुनेछ ।

 

तुला । आज मनमा हर्ष, उमङ्ग, उत्साह छाउने र जोशजाँगर बढ्नेछ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता पाइएला ।

 

वृश्चिक । आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरायसी विवाद बढ्न सक्छ ।

 

धनु । आज कुनै कुराले मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । मनोरञ्जनमा मन जानेछ । प्रेमीसँग पुनर्मिलनको योग पनि छ ।

 

मकर । आज न्यायिक कार्यमा सफलता मिल्नेछ । भ्रमणमा रुचि बढ्नेछ । नयाँ कार्य वा रोजगार पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ ।

 

कुम्भ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

 

मीन । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मल्याङ्कन हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।