३७ अंकले बढ्यो नेप्से

न्युजलय २१ असोज २०८१, सोमबार ०९:१४ मा प्रकाशित

काठमाडौं । सोमबार शेयर बजारमा हरियाली छाएको छ । 

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३७.१३ अंकले बढेको छ । नेप्से १.३९ प्रतिशतले बढेर २६९०.७२ विन्दुमा पुगेको छ ।

आज ७ अर्ब ९ करोड ५९ लाख ५३ हजार रुपैयाँ बराबरको १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता शेयर किनबेच भएको छ । १७६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।