एसिया कपः श्रीलंकासँग अफगानिस्तान दुई रनले पराजित

न्युजलय २० भदौ २०८०, बुधबार १२:११ मा प्रकाशित

काठमाडौँ । एसिया कप क्रिकेटमा श्रीलंकाले अफगानिस्तानलाई दुई रनले हराएको छ ।  

प्रतियोगिताको मंगलबारको खेलमा जितसँगै समूह ‘बी’बाट श्रीलंका प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुगेको छ । 

टस जितेर पहिलो ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ९१ रन बनाएको थियो । अफगानिस्तानले भने ३७.४ ओभरमा अलआउट हुनुअघि दुई सय ८९ रन मात्रै बनायो । 

यसअघि बंगलादेश पनि सोही समूहबाट  ‘सुपर फोर’ चरणमा पुग्न सफल भएको थियो । समूह ‘ए’ बाट आयोजक पाकिस्तान र भारत प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुगेका थिए ।