काठमाडौं । आइतबार नेप्से परिसूचक २१.०३ अंकले घटेको छ।
यसदिन नेप्से ०.९९ प्रतिशतले घटेर २०८८.०७ बिन्दुमा बन्द भएको छ। आइतबारको बजारमा ७ अर्ब ११ करोड १७ लाख ३३ हजार ८२९ रूपैयाँको सेयर कारोबार भएको छ।
आइतबार ७९ कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ वटाको घटेको छ। यस्तै, ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।