एसिया कप क्रिकेटः भारत र पाकिस्तानको खेल वर्षाका कारण रद्ध

न्युजलय १७ भदौ २०८०, आइतबार १२:१७ मा प्रकाशित

काठमाडौं । एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्ध भएको छ ।

श्रीलंकाको क्यान्डीमा निरन्तरको वर्षाले दोस्रो ईनिङ्स सुरु हुन नसकेपछि खेल रद्ध भएको हो । दुवै टोलीले १–१ अंक बाँडेका छन् ।

टस जितेर पहिले ब्याटिङ गरेको भारत ४८ दशमलब ५ ओभरमा २ सय ६६ रनमा अलआउट भएको थियो । तर, पाकिस्तानले ब्याटिङ गर्न पाएन ।

पाकिस्तान समूह ए बाट ३ अंकसहित सुपर फोरमा पुगेको छ । पाकिस्तानले पहिलो खेलमा नेपाललाई हराएको थियो ।

सोमबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेता टोलीले सुपर फोरमा स्थान बनाउनेछ ।