सल्यानमा बस दुर्घटना ८ जनाको मृत्यु, २६ जना घाइते

न्युजलय २१ कार्तिक २०७८, आइतबार ०१:२३ मा प्रकाशित

सल्यान । सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस दिउँसो कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा ६ जनाको घटनास्थलमै र २ जनाको अस्पतालमा मृत्यु भएको छ । घाइतेहरुको उद्दार कार्य जारी रहेको बताइएको छ ।