सेयर बजार झिनो अंकले बढ्यो

न्युजलय १७ बैशाख २०८१, सोमबार ०९:१३ मा प्रकाशित

काठमाडौं । सोमबार सेयर बजार झिनो अंक बढेको छ ।

बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ०.०७ ले बढेर १९८० अंकमै स्थिर रहेको छ । कारोबार रकम भने बढेको छ ।

अघिल्लो दिन २ अर्ब ६८ करोडको कारोबार भएकोमा आज २ अर्ब ९५ करोडको भयो । ९९ कम्पनीको मूल्य बढ्दा १२८ को घट्यो भने १७ को स्थिर रह्यो ।