इटहरी । इटहरी जेसिजको आयोजनामा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ८९ जना बिरामीहरुले सेवा लिएका छन् ।
ज्येष्ठ नागरिकहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा वीपी मेडिकोले प्राविधिक सहयोग गरेको कार्यक्रम संयोजक गणेश नेपालले जानकारी दिए ।
शिविरमा बिरामीहरुलाई निःशुल्क औषधी वितरण गर्नुका साथै फोक्सो, सुगर, प्रेसरको निःशुल्क परिक्षण गर्नुका साथै औषधी वितरण गरिएको थियो ।
इटहरी जेसिस वर्ष २०२१ को सप्ताहव्यापी कार्यक्रमअन्तर्गतको शिविर इटहरी वडा नं. ७ का वडाध्यक्ष नरबहादुर राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।