ओखलढुंगा । नेकपा एमाले ओखलढुंगाको नवौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा शंकर कटवाल निर्वाचित भएका छन् । सीताराम गुरुङलाई पराजित गर्दै कटवाल निर्वाचित भएका हुन् । कटवालले ४ सय मत ल्याए भने गुरुङले २ सय ७६ मत ल्याए ।
त्यसैगरी हर्कबोल राई उपाध्यक्ष, कमल न्यौपाने सचिव, अशोक थापा र मणिराज राई सहसचिव निर्वाचित भएका छन् । सबैभन्दा लोकप्रिय मत उपाध्यक्ष पदमा हर्कबोल राईले ल्याए । उनले ४ सय १३ मत ल्याए । उनका प्रतिद्वन्द्वी रन्जित धमलाले २ सय ४६ मात्र ल्याए ।
ओखलढुंगा एमालेको इतिहासमा पहिलो पटक जिल्ला अधिवेशनमा सबै पदका लागि निर्वाचन भएको थियो ।