साग भनेर धतुरो खाँदा एक जनाको मृत्यु

न्युजलय २३ कार्तिक २०७८, मङ्गलबार ०१:२० मा प्रकाशित

लमजुङ । मर्स्याङ्दी गाउँपालिका–९ पामचोकमा साग भनेर धतुरोको तरकारी पकाएर खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जना बिरामी भएका छन् ।


तरकारी बनाएर खाएपछि बेहोस भएका उनीहरुमध्ये ८३ बर्षीया पवित्रा खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । बेहोस भएकी ७५ बर्षीया धनकुमारी अधिकारी र ६९ बर्षीया ठगीमाया भण्डारी भने बेंसीसहरस्थित जिल्ला अस्पतालमा उपचार गरी घर फर्केको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आँखा कमजोर अवस्थाका उनीहरूले साग भनी धतुरो टिपेर ल्याएको र तरकारी बनाएर खाएको बुझिएको छ ।


उनीहरू एउटै घरमा बस्दै आएका र आइतबार साँझ खानासँग धतुरोको तरकारी खाएका उनीहरू राती बेहोस भएको डीएसपी कृष्णबहादुर कार्कीले बताए । उनका अनुसार सोमबार बिहान अबेरसम्म ढोका नखोलेपछि छिमेकीले गएर ढोका खोलेर हेर्दा सबैजना बेहोस अवस्थामा भेटिएका थिए ।