शेयर बजार दोहोरो अङ्कले बढ्यो

न्युजलय ३० असोज २०८०, मङ्गलबार ११:२८ मा प्रकाशित

काठमाण्डौ । सोमवार २३ अङ्कले घटेको शेयर बजार मङ्गलवार भने बढेको छ । १३.१८ अङ्कले बढेर १ हजार ८ सय ६४ दशमलव ६२ विन्दुमा पुगेको छ ।


आज होटल, निर्जीवन बीमा र व्यापारबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ ।


आज ३८ लाख १३ हजार कित्ता शेयर एक अर्ब ८४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हाथवे इन्भेस्टमेन्ट कम्पनीको ४ करोड ६२ लाख र श्वेतगंगा जलविद्युत् कम्पनीको ४ करोड ३३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।