काठमाडौ । सशस्त्र प्रहरी र सशस्त्र प्रहरीले प्रदेश २ का सर्लाही र महोत्तरीमा ठूलो मात्रामा अवैध गाँजा खेती नष्ट गरेको छ । आइतबार ८ विगाहा क्षेत्रफलमा लगाएको गाँजा खेती फँडानी गरी नष्ट गरेको हो ।
एकडाँरा गाउँपालिका ५ गोनाहा बथनाहा, वडा नं. ३ अजम्वरपट्टी, वडा नं. ४ रानिरतुवा लगायतको विभिन्न स्थानमा ८ विगाहा क्षेत्रमा लगाइएको गाँजा फँडानी गरी नष्ट गरेको हो ।
यस्तै, आइतबार सर्लाहीको लालबन्दी नगरपालिकामा १४ कामिटारमा ३ विगाहा क्षेत्रमा लगाइएको गाँजा खेती नष्ट गरेको सशस्त्र प्रहरी जनाएको छ ।