काठमाडौँ । सुनको मूल्य बिहीबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले वृद्धि भएको छ।
मूल्य वृद्धि भएसँगै बिहीबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला ३ लाख ४ हजार ९०० रुपैयाँ कायम भएको छ।
सुनसँगै बिहीबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा १४५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ७२५ रुपैयाँ पुगेको छ।