श्रीलंकामा वामपन्थी नेता दिसानायके राष्ट्रपति बन्ने

न्युजलय ६ असोज २०८१, आइतबार १२:१३ मा प्रकाशित

काठमाडौँ ।  श्रीलंकामा आम निर्वाचनमा निवर्तमान राष्ट्रपति रनिल विक्रमसिंघेलाई वामपन्थी नेता अनुरा कुमारा दिसानायकेले उछिनेका छन् ।

दिसानायकेले शानदार जित हात पारेका छन् । उनी श्रीलंकाका आगामी राष्ट्रपति हुनेछन् । श्रीलंकामा १० औं राष्ट्रपति चयन गर्न सेप्टेम्बर २१ मा मतदान भएको थियो ।

हिजै साँझ ५ बजेदेखि मतगणना शुरु भएको थियो । १ करोड ७० लाख मतदाताहरुमध्ये करीब ७५ प्रतिशत राष्ट्रपतिको निर्वाचनमा मताधिकार प्रयोग गरेका थिए । 

श्रीलंकाको निर्वाचन आयोगको आकडाअनुसार वामपन्थी नेता अनुरा कुमारा दिसनायकेले ५२ प्रतिशत मत पाएका छन् । दिसानायके नेशनल पीपुल्स पावर गठबन्धनका उमेदवार हुन् ।