पाँचथरमा बाढीले बेपत्ता भएका एक जनाको शव फेला

न्युजलय ९ कार्तिक २०७८, मङ्गलबार ११:०८ मा प्रकाशित

 पाँचथर । पाँचथरमा वर्षासँगै आएको बाढीले बगाएर बेपत्ता भएका एक जनाको शव फेला परेको छ । 

फिदिम नगरपालिका–६ का प्रेम आलेको शव भेटिएको होे । उनको शव भेटिएसँगै पाँचथरमा बाढी पहिरोको कारण ज्यान गुमाउनेको सङ्ख्या ३१ पुगेको छ ।

आलेलाई फिदिम–५ मा पर्ने सिवा खोलाले कात्तिक ४ बगाएर बेपत्ता बनाएको थियो। पाँचथरमा पहिरोको कारण अझै तीन जना बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

मिक्लाजुङ गाउँपालिकामा बेपत्ता रहेका तीन जनाको खोजीको लागि तालिम प्राप्त कुकुर इलाका प्रहरी कार्यालय रबिमा आइपुगेको जनाकारी दिइएको छ । तालिम प्राप्त कुकुरको सहयोगमा आजदेखि बेपत्ताहरुको खोजी गरिने जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।