काठमाण्डौ । फोटो पत्रकार पूर्णिमा श्रेष्ठले पाकिस्तानमा रहेको विश्वको दोस्रो सर्वोच्च शिखर ‘माउन्ट केटु’ को आरोहण गरेकी छन् ।
‘माउन्ट केटु’ आरोहणका लागि सबैभन्दा कठिन हिमालमध्ये एक हो । काराकोरम हिमशृङ्खलामा पर्ने ‘माउन्ट केटु’ आठ हजार छ सय ११ मिटर अग्लो छ ।
श्रेष्ठले छ वर्षअघि पर्वतारोहणको यात्रा सुरु गरेकी हुन् । उनले नेपालमा रहेका आठ हजार मिटरमाथिका सात वटा शिखर आरोहण गरिसकेकी छन् ।