चलचित्र ‘दोख’को टिजर सार्वजनिक (टिजरसहित)

न्युजलय २२ जेठ २०७९, आइतबार ०४:०३ मा प्रकाशित

काठमाडौं । अनुप बरालको निर्देशनमा बनेको फिल्म ‘दोख’को टिजर सार्वजनिक भएको छ। 

टिजरमा फिल्मका मुख्य कलाकारलाई देख्न सकिन्छ। द्वन्द्वकालीन समयको कथा बोकेको यो फिल्मका नेपालका विभिन्न भू–भागको कथा देखाइएको छ। खेलसँग जोडेर राजनीतिक अवस्थालाई प्रस्तुत गरिएको फिल्मको कथा राजन कठायतको रहेको छ।

फिल्ममा दिया मास्के, मनिष निरौला, लोकमनी सापकोटा, माओत्से गुरुङ, रोय दिभ, सुजय मल्ललगायतका कलाकारको अभिनय रहेको छ।

ए एसजिटी प्रोडक्सन, एक्टर स्टुडियो, ग्रिन हिल इन्टरटेनमेन्ट र हाइलाइट्स नेपालको संयुक्त ब्यानरमा बनेको फिल्म आगामी असार २४ गते प्रदर्शनमा आउँदै छ।