चलचित्र ‘घनचक्कर’को ट्रेलर सार्वजनीक (ट्रेलरसहित)

न्युजलय १० जेठ २०७९, मङ्गलबार ०२:४७ मा प्रकाशित

काठमाडौं । सौगात मल्ल र सलोन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र  ‘घनचक्कर’को ट्रेलर सार्वजनीक भएको छ ।

जितेन्द्र राजोपाध्याय निर्देशित चलचित्रको ट्रेलरमा युवाहरुको सपनालाई कसरी घनचक्करमा पारिन्छ भन्ने विषय कमेडी शैलीमा देखाइएको छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकार सौगात र सलोनका साथै जेबी डीसी, शिशिर भण्डारी, आशान्त शर्मा, करिश्मा लामा लगायत पनि अटाएका छन् ।

चलचित्रका निर्माता करुणा अर्याल र संगम भट्ट हुन् भने छायांकन सुसन प्रजापतिले गरेका छन् । चलचित्रको सम्पादन मित्र डी गुरुङ हुन् ।

‘घनचक्कर’ आगामी असार १० गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुँदैछ ।