सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.१ म्याग्नेच्यूडको भूकम्प

न्युजलय २३ कार्तिक २०७८, मङ्गलबार ०४:१४ मा प्रकाशित

काठमाडौं । सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको उत्तरपूर्वी क्षेत्र चाकुलाई केन्द्रविन्दु बनाएर मंगलबार(आज) दिउँसो ४.१ म्याग्नेच्यूडको भूकम्प गएको हो। 

मंगलबार दिउँसो २ बजेर २८ मिनेटमा गएको भूकम्प केन्द्रले जानकारी दिएको छ।