विद्यालय भवन पालिकाको प्रतिष्ठा हो, तयारी सकेर पुर्वप्रधानमन्त्रीलाई बोलाउँछौं –मेयर पौडेल

न्युजलय १४ फाल्गुण २०८०, सोमबार ०३:०७ मा प्रकाशित

इटहरी । विद्यालय भवन उद्घाटन गर्ने कार्यक्रम पालिकाको प्रतिष्ठाको विषय भएकोले तयारीपछि मात्र पुर्वप्रधानमन्त्री बोलाउने इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले बताएका छन् । 


उनले विद्यालय भवन उद्घाटन जस्तो कुरामा तयारी नपुगेको थाहा पाएपछि आफूले कार्यक्रम स्थगित गरेको बताउँदै अशोभनीय टिकाटिप्पणी नगर्नसमेत आग्रह गरेका छन् ।


इटहरीस्थित कचना माविको नवनिर्मित भवन उद्घाटनको लागि एमाले अध्यक्ष केपी शर्मा ओली आउने कार्यक्रम व्यवस्थापन समितिले तय गरेकोमा तयारी नपुगेको भन्दै मेयर पौडेलले उद्घाटन कार्यक्रम स्थगित भएको विज्ञप्ती जारी गरेका थिए ।


लगत्तै एमाले नेता कार्यकर्ताहरुले अशोभनीय टिकाटिप्पणी गरेको उनको गुनासो छ ।


उनले एक भिडियो सार्वजनिक गर्दै देशको शीर्षस्थ र लामो संघर्षको इतिहास बोकेको व्यक्तित्वलाई ल्याएर उद्घाटन गराउन आफू पनि इच्छुक भएको बताउँदै तयारी पुरा भएपछि पुर्वप्रधानमन्त्रीलाई नै बोलाएर उद्घाटन गराउने बताए ।


‘नगरप्रमुख र पुर्वप्रधानमन्त्रीलाई जोडेर लेख्ने, टिप्पणी गर्ने काम भइरहेको छ, तर दुवैको योगदानको तुलना नै हुँदैन,’ उनले भनेका छन्, ‘उद्घाटन रोकेर राजनीतिक पुर्वाग्रह राखियो भन्ने खालका कुरा गरिएका छन् त्यो गलत हो ।’ 

कचना माविको भवन उद्घाटन : व्यवस्थापन समिति ओली ल्याउने, नगरप्रमुख रोक्ने