इटहरी । सिमरवना बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो १६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
जिल्ला बचत तथा ऋण सहकारी संघ सुनसरीकी सचिव गोमा गिरिको प्रमुख आतिथ्यमा संस्थाको खुलासत्र सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै गिरिले सहकारीहरुले खराब ऋणलाई घटाउन विशेष पहल गर्नुपर्ने बताएकी थिइन् । उनले सिमरबना सहकारी नाफामा रहेको रिपोर्ट आएको जानकारी दिँदै तालिम गोष्ठी बढाएर लान सुझाव दिइन् ।
कार्यक्रममा अध्यक्ष प्रकाशचन्द्र बस्नेतले संस्थाको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले संस्थाले निरन्तर प्रगति गरिरहेको जानकारी दिँदै आगामी दिनमा पनि संस्थाले शेयर सदस्यलाई उचित मुनाफा दिनेगरी थोरै खर्च र चुस्त व्यवस्थापनका साथ काम गर्ने बताए । यस्तै लेखा समिति संयोजक सालिग्राम काफ्लेले लेखा प्रतिवेदन पेश गरेका थिए ।
२ हजार १६ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी ३ करोड ४२ लाख रहेको छ । यस्तै संस्थाको बचत १३ करोड रुपैया रहेको छ । संस्थाले ५०२ जनामा १८ करोड रुपैया ऋण लगानी गरेको छ ।
संस्थाले विभिन्न विधामा उत्कृष्ठ शेयर सदस्य र तिनका छोराछोरीलाई सम्मानसमेत गरेको थियो ।
कार्यक्रम संस्थाका सचिव काशीनाथ दंगालले सञ्चालन गरेका थिए ।