इटहरी । सुनसरीको इटहरीमा एबी होल्डिङ्स कम्पनिले निर्माण गरिरहेको पाँच तारे होटलको निर्माण कार्य अन्तीम चरणमा पुगेको छ । ८० वटा अत्याधुनिक कोठासहितको आठ तलाको उक्त होटल आगामी दशैंअघि सञ्चालनमा ल्याउने गरी काम भइरहेको हो ।
इटहरीको वडा नं. ९ मा इटहरी अस्पतालसँगै निर्माणाधिन होटललाई ‘ग्राण्ड सेन्ट्रल’ नाम दिइएको छ । उक्त होटललाई प्रदेशको पर्यटन र बिजनेसका गतिविधिहरुसँग जोडेर अघि बढाउने लक्ष्य लिइएको छ । भारतबाट नेपाल आउने पर्यटक तथा व्यवशायीहरुलाई लक्षित गरिएको उक्त होटलमा विश्वस्तरीय सुविधा दिइनेछ । होटललाई विश्वस्तरीय होटल ब्राण्डसँग जोड्नेसमेत तयारी भइरहेको कम्पनिका सञ्चालक तथा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य देशबन्धु बस्नेत (अजित) ले जानकारी दिएका छन् ।
होटलमा स्वीमिङ पुल, जिम क्लब, स्पा, साउना बाथलगायत विश्वस्तरको होटलमा हुने सबै सुविधा उपलब्ध हुने जनाइएको छ । आफ्ना ग्राहकहरुलाई बढीभन्दा बढी सुविधा दिने उद्देश्यले विशेष अवधारणामा होटल सञ्चालनमा ल्याउन लागिएको कम्पनिले जानकारी दिएको छ ।
कम्पनिले इटहरीमा योबाहेक अर्को एउटा मनोरञ्जनात्मक पार्क निर्माण गर्ने तयारी गरेको छ । पार्कमा खेल, खाना, मनोरञ्जनका विभिन्न सुविधा हुनेछन् । अन्तर्राष्ट्रिय स्तरको विशेषता बोकेको पार्कले इटहरीको अर्को विशेषता थप्ने विश्वास गरिएको छ । यस्तै हाउजिङसमेत बन्ने तयारी गरिएको छ । मध्यम आयका परिवारहरुलाई लक्षित गरेर बनाउन लागिएको हाउजिङको योजना बनेर कार्यान्वयन चरणमा कामहरु अघि बढेको छ ।
इटहरीमा ठूला लगानीका योजनाहरु सञ्चालन गर्ने होल्डीङ्सका सञ्चालक बस्नेत उद्योग वाणिज्य संघ इटहरीका संस्थापक अध्यक्ष चन्द्रबहादुर बस्नेतका छोरासमेत हुन् । चन्द्रबहादुर बस्नेतले ४० वर्षअघि थालेको इँटा उद्योग जयश्री ईँटा उद्योगलाईसमेत देशबन्धुले निरन्तता दिएका छन् ।
काठमाडौमा बसाइ भएपनि इटहरी जन्मथलो भएको कारण इटहरीको विकास हुने गरी आफूले व्यवशायीक गतिविधिलाईसमेत अघि बढाएको बस्नेतले बताएका छन् । उनले इटहरीको विकासको लागि यहाँको सामाजिक, आर्थिक क्षेत्रमासमेत आफू इटहरीलाई सहयोग गर्न तयार रहेको बताएका छन् ।
देशबन्धु बस्नेत उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्य उनी महासंघमा समेत सक्रिय छन् । उनले त्यहाँ द्वि–राष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरमका अध्यक्ष छन् भने जाम्बियाका लागि नेपालका मानार्थ वाणिज्य दूतसमेत हुन् । उनको नेतृत्वमा रहेको समितिले अब्बल काम गरिरहेको छ । जाम्बियाको अबैतानिक दूतको भुमिकामा उनले सिंगो अफ्रिका महादेशसँग नै राम्रो सम्बन्ध विस्तार गर्न पहल गरिरहेका छन् ।
इटहरीमा थप व्यवशायीक गतिविधि स्थापना तथा सञ्चालन गर्ने योजना बनाइरहेका छन् भने इटहरी आसपासका क्षेत्रमा समेत विभिन्न सम्भावनाहरु नियालिरहेको जानकारी दिए ।
विभिन्न अवसरका क्षेत्रमा लगानी गर्नको लागि एबी इन्भेस्टमेन्ट कम्पनि सञ्चालनमा ल्याएको उनको कम्पनिले पूर्वाधार निर्माणको क्षेत्रमा काम गर्नको लागि एबी इन्फ्रा डेभलपर प्रालि सञ्चालन गरिरहेको छ । यो कम्पनिले आफै वा ज्वाइन्ट भेन्चरमा पूर्वाधार निर्माणका क्षेत्रमा काम गर्ने गर्छ ।
कम्पनिले शिक्षा, प्रविधि र ऊर्जाको क्षेत्रमा पनि रिसर्च गरी लगानी गर्नको लागि योजना अघि बढाएको छ । यसबाहेक देशका विभिन्न ठाउँमा कम्पनिले होटल, पार्क, रिसोर्ट, स्वास्थ्य तथा निर्माणका क्षेत्रमा पनि काम गरिरहेको छ ।
काठमाडौमा पाँच तारे मक्र्युअर होटल
होल्डीङ्सको लगानीमा काठमाडौमा यसअघि नै एकोर ग्रुपको व्यवस्थापनमा पाँच तारे ‘मक्र्युअर होटल’ सञ्चालनमा आउने तयारी भइसकेको छ । एसिया, युरोप, अफ्रिका एवम् मध्यपूर्वका १०० बढी देशका ५ हजार ३ सय बढी होटलको व्यवस्थापन हेरिरहेको विश्वकै चर्चित समुह एकोर ग्रुपको व्यवस्थापन रहने १० तले उक्त होटलमा १०५ वटा कोठाहरु छन् ।
यो होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, व्यापार केन्द्रहरू, कर्पोरेट भवनका साथै फिटनेस केन्द्रहरूको नजिक छ । जसले गर्दा धेरैभन्दा धेरै मानिसहरुलाई रेस्टुरेन्टको साथै सेमिनार, बैठक र सम्मेलनहरूको सुविधा उपलब्ध गराउने विश्वास गरिएको छ ।
मनकामना रिट्रिट रिसोर्ट एण्ड स्पा होटल
गोरखाको मनकामना मन्दिर छेउमा सबैभन्दा ठूलो लगानीमा मनकामना रिट्रिट रिसोर्ट एण्ड स्पा होटल निर्माण गरिरहेको छ । शान्त र प्राकृतिक वातावरणहरुका बिच निर्माण गरिरहेको उक्त रिसोर्ट ४८ वटा कोठासहितको उक्त सुविधासम्पन्न हुनेछ । रिसोर्ट होटलको व्यवस्थापनको जिम्मा भारतको सरोबर ग्रुपले लिइसकेको छ । मन्दिर घुम्न आउने पर्यटकहरुको लागि उक्त रिसोर्टले खाना तथा आवास लगायतका सुविधा उपलब्ध गराउनेछ ।
स्वास्थ्यमा सुविधासम्पन्न ल्याब र आइ केयर
कम्पनिले स्वास्थ्य क्षेत्रमा समेत लगानी गरेको छ । ओम नर्सिङ होममा ओम हेल्थ केयर एण्ड डाइग्नोटिक्स सेन्टर सञ्चालनमा छ । यहाँ बिरामीहरुले सुविधाजनक तरिकाले स्तरीय रेडियोलोजी सुविधा पाउनेछन् । काठमाडौमा रहेको ओम अस्पतालसँगै रहेको यो ल्याबले स्तरीय एमआरआइ स्क्यान सुविधा दिएको छ ।
यस्तै काठमाडौमै आँखाका बिरामीहरुको लागि ओम हेल्थ इमेजिङ स्थापना गरी सञ्चालनमा ल्याएको छ ।