झापाकी कृपाले जितिन् सारेगमप लिटल च्याम्पको उपाधि

न्युजलय २३ माघ २०७८, आइतबार ०५:०५ मा प्रकाशित

काठमाडौं । सारेगमप लिटल च्याम्प नेपालको पहिलो उपाधि झापाकी कृपा पौडेल जितेकी छन् । अन्तिम पाँच प्रतिस्पर्धीलाई पछि पारेकी पौडेलले उपाधिसँगै नगद १६ लाख जितेकी हुन् ।

नेपालको सर्वाधिक चर्चित गायन रियालिटी शोको फस्ट रनरअप पनि झापाकी रोशा फुयाल, दोस्रो रनरअप भारत सिलगुडीका आदित्य विश्वकर्मा भएका छन् ।

पहिलो र दोस्रो रनरअपले क्रमशः सिद्धार्थ बैंकका तर्फबाट ४ लाख र ३ लाख प्राप्त गरेका छन् । 

नोवर्डी प्रोडक्सनले भारतको जी ग्रुपसँग फ्रेन्चाइजी लिएर नेपाल भित्र्याएको रियालिटी सोको अन्तिम प्रतिस्पर्धासम्म पुगेका पर्वतका अरुण परियार र भक्तपुरकी अविक्षा घिमिरेले पनि उत्कृष्ट पुरस्कार जितेका छन् ।