विराटनगर । ‘जेनजी’को प्रदर्शनका क्रममा विराटनगरस्थित कोसी प्रदेशसभा कब्जा गरिएको छ । प्रदर्शनकारीले भवनभित्र तोडफोड र आगजनी गरेका छन् ।
सभाको बैठक कक्षसम्म पुगेका प्रदर्शनकारीले कुर्सी, टेबललगायत संरचना तोडफोड गरेका छन् । दर्जनौँ सरकारी सवारीसाधनमा आगजनी गरिएको छ ।
सुरक्षाकर्मी र कर्मचारी भवनबाट बाहिरिएपछि प्रदर्शनकारी सजिलै सभाभित्र प्रवेश गरेका थिए । त्यसक्रममा एक प्रदर्शनकारी सभामुख बस्ने कुर्सीमा बसेर फोटो खिचाएको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।