बढ्यो सेयर बजार

न्युजलय ७ माघ २०८१, सोमबार ०३:३२ मा प्रकाशित

 काठमाडौं । आज सेयर बजारमा वृद्धि भएको छ । आज नेप्से परिसूचक ६ दशमलव ७८ अङ्कले बढेर २६०७ दशमलव ९९ को विन्दुमा पुगेको छ ।

सोमबार ३११ कम्पनीका ७४ हजार ४०३ पटकको कारोबारमा १ करोड ३६ लाख ७७ हजार ९८३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब ५७ करोड ४ लाख ७७ हजार रुपैयाँ रहेको छ ।

११८ कम्पनीको सेयर मूल्य बढ्दा ११७ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ । आज रिभर फल्समा लगानीकर्ताहरू झुम्मिएका छन् ।