सुनको मूल्य बढ्यो

न्युजलय ११ असोज २०८३, आइतबार १२:०५ मा प्रकाशित

काठमाडौं ।  आइतबार सुनको मूल्य बढेको छ। 

शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर २ लाख ९९ हजार ३०० रुपैयाँ पुगेको छ।

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला ४ हजार ६२० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार ३५ रुपैयाँले बढेर ४ हजार ६५५ रुपैयाँ पुगेको छ।