इटहरीमा दोस्रो स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको तयारी सुरु

न्युजलय २ पुस २०८१, मङ्गलबार ०७:२३ मा प्रकाशित

इटहरी । इटहरीमा दोस्रो स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको तयारी थालिएको छ । द योङ ब्रदर्श क्लब इटहरीको आयोजनामा प्रतियोगिता हुन लागेको जानकारी दिइएको छ ।

आगामी माघ १९ गतेदेखि इटहरी ५ मा रहेको जनता बहुमुखी क्याम्पसको खेल मैदानमा प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष विजय सुब्बाले बताइका छन् । प्रतियोगितामा आठ वटा टिम सहभागी हुने उनले बताए ।

उनका अनुसार प्रतियोगिताको विजेता टिमले नगद दुई लाख ५० हजार प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद एक लाख ३० हजार प्राप्त गर्नेछन् ।

खेललाई इटहरी उपहानगरपालिकाले संयोजन गरेको छ भने कोशी प्रदेश खेलकुद विकास बोर्डले संरक्षण गरेको खेल संयोजक विकास केसीले बताए । 

प्रतियोगितामा २२ लाख ५५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।