नेप्से १७ अंकले घट्यो

न्युजलय ३१ फाल्गुण २०७८, मङ्गलबार ०९:२९ मा प्रकाशित

काठमाडौं । मंगलबार(आज) सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । 

आज नेप्से १७.१५ अंकले गिरावट भएर २६५०.९७ अंकमा बन्द भएको छ । मंगलबार नेप्सेसँगै कारोबार रकममा पनि गिरावट भएको छ । 

आज दिनभर बजारमा ३ अर्ब ३६ करोड ४२ लाख २९ हजारको कारोबार भएको छ । मंगलबार नेप्सेमा गिरावट हुँदा होटेल तथा पर्यटन, बिमा र म्युचुअल फन्डबाहेक सबै उपसूचकमा गिरावट भएको छ । 

बजार पुँजीकरणमा सबैभनदा ठुलो हिस्सा रहेको नेपाल दुरसञ्चार कम्पनीको सेयरमूल्य नै सर्वाधिक ५.१३ प्रतिशतले गिरावट हुँदा नेप्सेमा पनि गिरावट हुन पुगेको हो ।

यता इमर्जिङ नेपालको सेयरमूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा सगरमाथा इन्स्योरेन्सको ६.६४ प्रतिशतले बढेको छ ।